‘गतणतन्त्रमा माओवादीको तिव्र ज्यादती’

Narhari Acharyaचितवन, १५ जेठ । कांग्रेसका केन्द्रीय सदस्य नेता नरहरि आर्चायले माओवादीहरुको तिव्र ज्यादती बढेका कारण गणतन्त्र संस्थागत हुन नसकेको आरोप लाएका छन् ।
चितवनको भरतपुरमा आज (बुधबार) आयोजित अन्तरक्रियामा नेता आचार्यले एकपछि अर्को गर्दै माओवादीले गणतन्त्र विरोधी क्रियाकलाप गरेको बताए । ‘माओवादीका गलत क्रियाकलापले गणतन्त्र संस्थागत हुन सकेन,’ उनले भने, ‘माओवादी नेताहरुमा गलत सोंचमा परिवर्तन अनिर्वाय भईसकेको छ ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पटक/पटक झुट बोल्ने गरेको उनले बताए । ‘आज संविधानसभा चुनावको मिति घोषण गर्छु भन्ने पुष्पकमल दाहालले फेरि झट बोलेर झुक्काएका छन्,’ उनले भने ।

प्रतिक्रिया