निर्वाचन मंसिर पहिलो हप्तामै हुन्छ: रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, १५ जेठ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन आगामी मंसिरको पहिलो हप्ताभित्रै गर्न सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।
गणतन्त्र दिवस मूल समारोह समितिले आज (बुधबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारले आफ्ना कामहरु केन्द्रित गरेको बताए ।
‘छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्ने कार्यका लागि राजनीतिक दलहरुसँगको परामर्शलाई तिव्रता दिएका छौं,’ उनले भने ।
निर्वाचनका लागि आवश्यक पर्ने व्यापक राजनीतिक आधार सिर्जना गर्ने कार्यका लागि दलहरुसँग औपचारिक, अनौपचारिक परामर्श भइरहेको उनले बताए ।
अध्यक्ष रेग्मीले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्ने तथा छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्न दलहरुसँगको परामर्शलाई भईरहेको उल्लेख पनि गरे ।

प्रतिक्रिया