मत-विमत

देश मार्ने भित्री योजना

सौर्य अनलाइन २०७० जेठ १४ गते २३:११ मा प्रकाशित

anil-yogi-jpgभारतीयको लगानीमा सञ्चालित एक कम्पनीका उपल्लो स्तरका कर्मचारीसँग मेरो मित्रता थियो ती मित्रलाई देश कसरी जोगाउने होला भनेर मैले शोधे–उनले मलाई तपार्इंको दिमाख ठीक छैन उपचार गराउनुहोस् भनेर सल्लाह दिए । म त छक्क परे मेरो साँच्चै दिमाग बिग्रेको त होइन जस्तो पनि लाग्यो । उनले मलाई सम्झाउँदै भने तपार्इंहामीले देशको चिन्ता गरेर के हुन्छ ? मलाई त आईसीमा तलब दिने व्यवस्था भएको भए अति राम्रो हुने थियो । उनको भनाइको आसय मैले बुभेँm, नेपालीहरू आफ्नो देशप्रति कति ममताहीन भावना बोकेर बाँचेका छन् भन्ने यो सानो उदाहरण मात्र हो ।
उनको मेरो नमीठो सम्वाद भएको केही दिनपछि एक राष्ट्रिय दैनिक पत्रिकामा ‘एउटा गुमेको देशको कथा’ भनेर नेपालसँग सिमाना जोडिएको त्यतिबेलाको स्वतन्त्र राष्ट्र सिक्किम भारतमा गाभ्ने योजना अन्तर्गत भारतद्वारा सिक्किममा खटाइएका कूटनीतिज्ञ बिएल दासले लेखेको र नेपालका लागि पूर्वराजदूत केभी राजनले सम्पादन गरेको ‘दी एम्बासडर्स:क्लव दी: इन्डियन डिप्लोम्याट एट लार्ज’ नामक प्रकाशित पुस्तकमार्फत दासको सनसनीपूर्ण अनुभव संगालिएको उनको विचार फिचर समाचारका रूपमा केही दिन पहिले बाहिर आएको थियो ।
सिक्किमलाई भारतमा गाभ्नका लागि लगभग त्यही समयमा स्थापना गरिएको भारतीय गुप्तचर निकाय ‘रअ’ ले सबै कुराको चाँजोपाँजो मिलाएको समेत दासले उल्लेख गरेका छन् । स्वतन्त्र राष्ट्र सिक्किम सन् १९७५ मा भारतमा गाभिएको थियो । नेपालको जस्तै अवस्था सिर्जना भएको हवाला दिएर भारतीयले स्वतन्त्र राष्ट्र सिक्किमका स्थानीय प्रहरी चौकीलाई सैन्यबलमार्फत घेरा हालेर आफ्नो कब्जामा पारेको थियो । सिक्किम प्रशासन ‘कोल्याप्स’ भएको हुँदा ‘चोग्याल’ सिक्किमका तात्कालीन राजाले हाम्रो सहयोग मागेकाले र त्यहाँका जनताले प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै सडकमा आन्दोलन गरिरहेको हुनाले त्यहाँको अवस्था सहज बनाउन भारतले आफूलाई सिक्किम पठाइएको कुरा दासले उल्लेख गरेका छन् । नेपालमा पनि ‘रअ’ को निकै चर्चा हुने गरेको छ । नेपालमा उसले आफ्नो योजना दलका नेताहरूमार्फत कसरी पूरा गर्न खोज्दै छ आगामी दिनमा विस्तारै रहस्य खुल्दै जाला ।
जसले देश नै गुमाइसके तिनीहरूको मनमा कति चोट होला, भारतीय शासकप्रति कति घृणा र तिरस्कारको भावना होला त्यो पाटो अर्कै हो तर जानीजानी अर्काको देश हडप्ने भारतीय शासक वर्गको चतुर्‍याइ र उसको हेपाह प्रवृत्तिलाई निस्तेज पार्न सकिएन भने कुनै पनि समयमा भारतीय शासक हामी उपर आइलाग्न सक्छन् । नेपालका राजनीतिक दलका नेता र विदेशिका पैसा बोकेर मानवअधिकार, लोकतन्त्र र विधिको शासनको वकालत गर्नेहरूले भारतको सहयोगबिना नेपालमा प्रजातन्त्र वा लोकतन्त्रको कल्पना गर्न सकिँदैन भन्ने ठानेका छन् र त्यो भ्रमबाट मुक्तहुन अझै सकिरहेका छैनन् । सत्ताको चाबी सीमापारि राखेर नेपाली जनतामाथि शासन गर्नेहरू र लेन्डुप दोर्जेमा कुनै मत भिन्नता र अन्तर देखिँदैन ।
आजको युगमा कसैको देश सजिलै हडप्न त्यति सजिलो त छैन तर राजनीतिमा गद्दारहरू हाबी भैराख्ने हो भने युगले मात्रै कसैको देशको रक्षा गर्न सक्दैन । देशको रक्षा गर्न देशभक्तिपूर्ण राजनीतिक चिन्तन र देशप्रति आम जनताको सकारात्मक भावना विकास हुन सक्यो भने मात्र त्यो राष्ट्रको रक्षा हुनसक्छ भन्ने कुराको चेत नेपालीको अझै खुल्न सकेको छैन । सिक्किमलाई भारतले हडप्दाको अवस्था सामान्य छ, तर त्यहाँका शासक र जनताको अचेत राजनीतिक चेतनाका कारण देश नै गुमाउनु पर्‍यो आफ्नो देश गुमाउनेका लागि त्यो कस्तो बिडम्वनापूर्ण अवस्था हो । राष्ट्रियता, भौगोलिक अखन्डता र स्वाधिनताका पक्षमा आवाज नेपालमा जोडतोडले उठने गर्छन तर ती सबै आन्दोलनका नाइकेलाई भित्री रूपमा भारतीय शासक वर्गले आफूअनुकूल बनाएर चलाइरहेको देखिने नेपालका राजनीतिक शक्तिहरूले देशको रक्षा गर्न सक्छन् भनेर विश्वास गर्न सकिने अवस्था कम्जोर हुँदै गएको छ ।
विदेशीलाई जीवित अवस्थामै स्वर्ग जस्तै लाग्ने यो देश हामीलाई नर्ककुण्ड बनाउने शासकहरूलाई राष्ट्र र जनताप्रति प्रतिबद्ध राजनीतिज्ञ हुन भनेर कसरी मान्ने ? यो आक्र्रोशको आशयले शासकहरूको चेत खुल्न सकोस भन्ने मात्र हो । बनेको देश भत्काएर नयाँ देश बनाउने गफ गरे दलका नेताहरूले जुन कुरा जनताका सामु सफेद झुटको खेती गरिएको थियो । मिलेको समाजलाई भाँडेर नयाँ समाज निर्माण गर्न खोजेका हौँ भनेर जनतालाई आपसमा विभाजित गर्दै लडाउने काम गर्दै छन् नेताहरू । देश निर्माण गरिदिने पुर्खालाई सम्मान गर्न नसक्ने पाखण्डवाद र अराजनीतिक चिन्तनलाई लोकतन्त्र भन्दै छन् राजनीतिक दलका नेता र तिनका पछि हिँड्ने कार्यकर्ताहरू । राष्ट्र र जनताका लागि नगरिनहुने कामलाई महत्त्व नदिने, नेपाली जनताले शिरमा लगाउने टोपी र धोतीको विवाद झिक्ने, विश्वमा परिचित चन्द्रसूर्य राष्ट्रिय झन्डा फेर्नुपर्छ भनेर वादविवाद गर्नेहरूले यो देशको भलाइका निमित्त राजनीति गरिरहेका छन् भनेर पत्याउने आधार कम्जोर हुँदै गएको छ । राष्ट्र र जनतालाई बलियो बनाउँदै छौँ पनि भन्ने भित्रभित्रै देशलाई कम्जोर बनाउने धुन्धुकारी प्रवृत्तिलाई नेपाली जनताले लेन्डुप दोर्जेको अर्को संस्करण हो भनेर बुझ्न थालेका छन् ।
छिमेकीले मित्रताका नाममा आफैँलाई अफ्ठ्यारोमा पार्ने गरी नेपालको राष्ट्रिय राजनीतिलाई नेपाली जनताले बुझ्ने गरी आफ्नो अधिनमा राख्नु उसको मूर्खता हो । राजनीतिक दलभित्रका केही देशप्रति इमान्दार नेताहरू आफँै पीडित भएका छन् ।  यस्तो कम्जोर राजनीतिक चेतना र चिन्तनले राष्ट्रको रक्षा गर्न सक्दैन भन्न सक्दैन यो देशको बौद्धिक वर्ग । एउटा दलको नेतालाई जुवाइँलाई ससुराली बोलाए जस्तो गरी छिमेकीद्वारा बोलाइन्छ नेपाली त्यो फगत नेताको छिमेकी देशको भ्रमणलाई राष्ट्रिय महत्त्वको विषय बनाउछन्् यो देशका जानिफकारहरू । जात, भाषा धर्म र भूगोलको विवादमा जनतालाई आपसमा जुधाउने गफाडिले आफूलाई  पृथ्वीनारायण शाहसँग जोडेर गफगर्दा गडगडाहट ताली बजाउँछन् नेपाली जनता जर्नादनहरू । राष्ट्रको अस्तित्व धरापमा परिसकेको छ तर चार दलका चार जना ठालुहरूलाई कुनै प्रवाह छैन । जनताले देशभित्र सुरक्षा महसुस गर्न सकिरहेका छैनन् । सिक्किममा भारतीय शासक वर्ग हाम्रो जस्तै अवस्था सिर्जना भएको मौका छोपेर पसेको थियो भन्ने कुरा नेपालका राजनीतिक शक्तिहरूले बुझेका छैनन् भन्न सकिँदैन ।
देश मार्ने भित्री योजना अन्तर्गत गरिएका गतिविधिलाई लोकतान्त्रिक राजनीतिक अभ्यास हो भन्ने कसैले ठानेको छ भने त्यो मूर्खतासिवाय अरू केही हुन सक्दैन । विगत हाम्रा पुर्खाले अग्रेजद्वारा छिमेकीमाथि भएको थिचोमिचो र हस्तक्षेपका विरुद्ध लडेका, जेलनेल भोगेका इतिहास साक्षी छन्  । आज त्यही नजिकको छिमेकी दलका नेताहरूलाई उपयोग गरेर नेपालीलाई कुल्चने दुस्साहस गरिरहेको छ । राजा र दलका नेताहरूबीचको आपसी झगडाले देश पूर्ण रूपमा पराधिन हुन पुगेको छ । देशप्रति गरेको बेइमानीलाई राजा र दलका नेताहरूले आत्मसमीक्षा गर्न सकिरहेका छैनन् । शासकको विदेशीलाई रिजाएर यो वा त्यो व्यवस्थाको नाममा नेपाली जनताका काँधमा घोडा चढ्ने प्रवृत्तिका विरुद्ध नेपाली जनताले खर्बदारी नगर्ने हो भने यो अचेत समुदाय इतिहासमा नेपाली माटोको बोझ सावित हुनेछ ।
देशको जटिल अवस्थालाई महसुस गरेका नेपालीले नेपालका आन्तरिक राजनीतिक शक्तिहरूबीचको एकतालाई नकार्न सक्दैन । राज्य सञ्चालनका लागि निर्णायक शक्ति नेपाली जनता र दलका नेताहरू नै हुनुपर्छ । यो सहज अवस्था होइन भन्ने कुरा दलका जिम्मेवार भनिएका नेताहरूले बुझ्न जरुरी भइसकेको छ । आजको राजनीतिक अव्यवस्था नेपालका राजनीतिक शक्तिहरूलाई विदेशीले विभाजन गरिदिएका कारण सिर्जना भएको हो भन्ने कुरा जग जाहेर छ । देशभित्र नेपाली जनतालाई विभाजित गरेर कसैको राजनीतिक उद्देश्य पूरा हुने अवस्था देखिँदैन । राजनीतिक दलका नेताहरूले विदेशीबाट आफ्नो राजनीतिक जीवनको सुरक्षा हुन सक्दैन भन्ने कुरा बुझ्न ढिलाइ गरे भने समस्या योभन्दा जटिल बन्दै जाने संकेत देखा परिरहेका छन् । दलका नेताहरूले नेपाली जनताकाबीचमा आफूलाई देशभक्त राजनीतिक कर्मीका रूपमा उभ्याउने हो भने चौडा छाती गरेर मेलमिलाप र एकताका पक्षमा आफूलाई अबिलम्व खरो रूपमा उतार्नुपर्ने चुनौती स्वीकार गर्न सक्नुपर्छ ।
दलका नेताहरूलाई नेपाली जनताले कम्जोर बनाएका होइनन् । विदेशीको अस्वभाविक प्रभावमा परेको हुनाले आफैँ कम्जोर भएका हुन् भन्ने कुरा सामान्य जनताले पनि बुझिसकेका छन् । अबको राजनीतिक यात्रा कसरी तय गर्ने भन्ने विषयमा दलका नेताहरूले गम्भीर ढंगले सोच्न सकेनन् भने मुलुक बर्बादीको अर्को चरणमा विदेशीले फसाउन सक्ने खतरा टरेको छैन । दलका नेताहरूले आ–आफ्ना सतही बुझाइका आधारमा मात्र राजनीतिक सक्रियता देखाएर अगाडिको यात्रा तय गर्न खोजेका हुन् भने नेताहरू फेरि चिप्लिने छन् त्यसपछि उनीहरूलाई समाजमा सम्मानित जीवन बाँच्न पनि मुस्किल हुँदै जाने अवस्था आउन सक्छ ।
बाह्य हस्तक्षेका विषयमा हामीले अन्दाजका भरमा आफ्नो धारणा बनाउने गरेका छौँ । जो भुक्तभोगी छन्, उनीहरूका भनाइलाई आधिकारिक मान्ने हो भने देश नेपाली नेताका अधिनमा छैन भन्ने कुरा लगभग प्रस्ट भएको छ । दलका नेताहरूले विदेशीका सामु घुँडा टेकेर पटकपटक क्रान्ति र आन्दोलनमा जनतालाई होमेर हैरान पार्ने काम गर्नुको अब अर्थ छैन । देशलाई सम्वृद्धिको मार्गमा लैजाने नयाँ विचार कसैले दिन सकेको छैन । उही पुराना विचार अगाडि सारेर जनतालाई अनिश्चित गन्तव्यतर्फ घुमाइ राख्नु आगामी दिनमा दलका नेताका लागि झनै खतरा सावित हुन सक्छ । हामीले उजागर गरेका समस्या हामीले नै समाधान गर्ने हो भन्ने कुरा दलका नेताहरूलाई आत्मबोध हुन आवश्यक देखिन्छ । विदेशीको आवश्यताभन्दा बढी सहयोग लिनु प्रतिउत्पादक हुने कुरा दलका नेताहरूले आफैँ भोग्दै छन् । दलका नेताको असफलता कसैका लागि सुखद विषय हुन सक्छ तर त्यो एकांगी मनोदशाबाट ग्रस्त विचारले पनि आजको जटिल अवस्थालाई समालेर लिन सक्ने अवस्था र स्थिति हामीले देखेका छैनौँ ।
फरकफरक विचारका पक्षपातिहरूले आफूले बोकेको विचार मात्र अपरिवर्तनीय र वैज्ञानिक छ भन्न थालियो भने त्यो निरंकुश र एकले अर्कोलाई निषेध गर्ने चिन्तन हो, दलका नेताहरूले जनतालाई त्यतातिर मात्र बहकाउने हो भने समाधान निस्कन सक्दैन । नेताहरूले आ–आफ्ना विचारको पक्षमा बोल्दै गर्दा जगत् हासेको चाल पाएका छैनन् । कसैको पनि विचारले राष्ट्रलाई नेतृत्व दिन नसकेको आजको अवस्थालाई सहजतातर्फ लैजाने हो भने सबैका विचारबाट एउटा साझा विचार तयार गर्नु आजको संकट समाधान गर्नका लागि अचुक उपाय सावित हुन सक्छ । दलका नेताको प्रवृत्ति हेर्दा उनीहरू जनतालाई कम्जोर बनाइ राख्ने र आफू भने सधैँ हरेक हिसाबले बलियो भएर आफ्ना वरिपरि जनतालाई घुमाइ राख्ने योजनामा देखिन्छन् । जनतालाई हरेक हिसाबले सक्षम बनाइयो भने कसैको राजनीतिक विचारको दोकान चल्नेवाला छैन भन्ने कुरा दलका नेतालाई डर होला सायद ।
दलका नेताहरूका भयानक कम्जोरीका कारण जनता राष्ट्रका पक्षमा उग्ररूपमा आन्दोलिन हुने अवस्था सिर्जना हुँदै छ । त्यो आन्दोलनको सुरुआत भयो भने नेताहरूले ठूलो मूल्य चुकाउनु पर्नेछ भने अर्कोतर्फ त्यो आन्दोलन भारतीय शासक वर्गविरुद्ध लक्षित हुने खतरा बढ्दै गएको छ । भारतीय शासक वर्गले यही सम्भावनाको अन्दाज गरेर आफ्ना गतिविधिहरू भित्री रूपमा बढाएको छ । आफैँले सिर्जना गरेको संकटमा भारतीय शासक वर्ग यतिबेला उम्कनै नसक्ने गरी नेपालको राजनीतिमा फसेको छ । नेपाली जनताले असल छिमेकीको अपेक्षा गरेका थिए भारतीयको भित्री उद्देश्य खराब भएको हुनाले नेपाली जनता उसप्रति आक्रोशित भएका हुन् । अगाडिको राजनीतिक यात्रा सहज बनाउने हो भने आपसी एकता र सहकार्य आजको आवश्यता हो । सबैलाई चेतना भया ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय