कथित ′डन′ गणेश लामा पक्राउ

Ganesh-Lamaकाठमाडौं, ११ जेठ । अवैध सम्पती आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरिएका कथित ′डन′गणेश लामा पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आज बसन्तपुरबाट पक्राउ गरेको हो । सम्पति सुद्धिकरण विभागले उनीविरुद्ध २७ करोड रुपियाँ भन्दा बढी अबैध सम्पत्ति जोडेको अभियोग लगाएको छ । मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका लामा राजनीतिक संरक्षणको आडमा प्रहरी प्रशासनबाट बच्दै आएका थिए । उनीसहित पाँच जना विरुद्ध विभागले विशेष अदालतमा अवैध सम्पत्ति जोडेको भन्दै मुद्धा दायर गरेको थियो । मुद्धा दायर हुने अन्य डनहरुमा दीपक मनाङे, चक्रे मिलन, पर्शुराम बस्नेत र अभिशेक गिरी रहेका छन् । फरार रहेको भन्दै प्रहरीले अहिलेसम्म पनि उनीहरुलाई पक्रन सकेको छैन ।

प्रतिक्रिया