२६ किलो चरेस सहित ५ जना पक्राउ

चितवन, ११ जेठ । चितवनको व्यस्त नारायणगढ बजार क्षेत्रबाट आज बिहान ठुलो परिमाणमा लागूऔषध चरेससहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको एक टोलीले शरीरका विभिन्न भागमा लुकाएर वीरगञ्ज लैजाने क्रममा २६ केजी चरेस सहित उनीहरुलाई सौगात गेष्ट हाउसबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सिमरा ६ बस्ने सुमिल खातुन र शेख मोजाई, वीरगञ्ज रानीघाट ११ का शिवशंकर दास र शिला दास, जीतपुर ४ बाराकी सुमिना खानुत छन् । जस मध्ये पक्राउ पर्नेमा ३ महिला पनि रहेका छन् ।
विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय नारायणगढका असई शंकर खड्काको नेतृत्वको टोलीले उनीहरुलाई नारायणगढको सौगात गेष्ट हाउसबाट पक्राउ गरेका हो । पक्राउ परेका पाचै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । उनीहरुलाई लागूऔषध ओसार प्रसार ऐन सम्वन्धि मुद्धा चलाईने जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

प्रतिक्रिया