११ बुँदे अनुसार निकास देउ :महासचिव मुन

ban_ki-moon_portrait (1)काठमाडौं, ११ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले निर्धारित समयमै संविधान सभा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
बर्तमान राजनीतिक गत्यावरोधको अन्त्य गर्दै तोकिएकै समयमा अर्काे निर्वाचन सम्पन्न गराउन महासचिवमुनले आग्रह गरेको गएराती उनका प्रवक्ताद्धारा जारी विज्ञप्ती भनिएको छ । नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै ११ बुँदे सहमति अनुसार नै अगाडि बढ्न मुनले आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘दलहरुको सहमति अनुसार नै प्रधान्यायाधीशलाई चुनावी सरकारको प्रमुख बनाइएको हो । दलहरुबीचको सहमतिमा असार ७ वा मंसिर अन्तिमसम्म निर्वाचन सम्पन्न गराउने उल्लेख छ ।’ नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघले सहयोग गर्ने मुनले बताएका छन् ।

प्रतिक्रिया