चट्याङ लागेर कैलालीमा दुईको मृत्यु

धनगढी, १० जेठ । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साझ हावाहुरी सँगै आएको चट्याङ लागेर पथरैया गाविस–५ खैरीपुरका दुई जना बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा सुन्दर चौधरीका १५ वर्षीय छोरा सुनिल र गोकर्ण चौधरीका १० वर्षीय छोरा अशोक रहेका छन् । घर नजिकैको खेतबारीमा बाख्रा चराउन गएका दुबै जनालाई चट्याङ लागेर घटनास्थलमै मृत्युभएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
मृतक सुनिल महेन्द्र शिशु उमावि धर्मपुरमा १० कक्षा र अशोक राष्ट्रिय निमावि खैरीपुरमा ७ कक्षामा अध्ययनरत थिए ।

प्रतिक्रिया