नेपाल आइडलबाट बाहिरिइन् जितु

Nepal-IDOL-4काभ्रे :  हरेक साता भोटिङ प्रतिस्पर्धाको माध्यमबाट नेपाल आइडल टपटेनमा पर्न सफल सहभागीहरू प्रतिस्पर्धाबाट बाहिरिने क्रम जारी छ । यसपटक कम भोटका कारण यो साता काभ्रेकी जितु लामा बाहिरिएकी छन् । गायन प्रतियोगिता नेपाल आइडलबाट सोमबार केवी फिल्म स्टुडियो गोदावरीमा सम्पन्न अन्तिम आठबाट उनी बाहिरिएकी हुन् ।
अन्य आठ भने भोटिङ राउन्डको चर्को प्रतिस्पर्धामा टिक्न सफल भएका छन् । सचिन राई खोटाङ, अमित परियार धनकुटा, विक्रम राई खोटाङ, राम लिम्बू पोखराका भने बच्न सफल छन् । यसबाहेक कृष्ण खवास विराटनगर, चन्द्र राई धरान र जुना राई पाँचथर कम भोटका कारण डेन्जर जोनमा परेका छन् । छानोटका संगीतकार ओमप्रकाश राई, अशोक राई र रेशम चौधरी निर्णायक छन् । (सौस)

प्रतिक्रिया