१० वर्षपछि बन्यो बिपी पार्क

BP-koiralako-salikइलाम, १० जेठ । इलाम सदरमुकाममा निर्माण सुरु भएको दश वर्षपछि बिपीस्मृति पार्कको काम पूरा भएको छ । इलाम–२, स्थित सिलिखानमा पार्कसँगै निर्माण भएको बिपीको पूर्णकदको सालिकको अनावरण बिहीबार कांग्रेस सभापति सुशील कोइरालाले गरे ।
३० लाखको लागतमा निर्माण गरिएको उक्त पार्क डेढ रोपनी जमिनमा फैलिएको छ । पार्कमा बिपीको पूर्णकदको ढलौटको शालिकका साथै बगैँचा रहेको छ । सरकारी तवरबाट १५ लाख, स्थानीय विकास मन्त्रालयबाट नौ लाख, जिल्ला विकास समिति इलामबाट पाँच लाख र इलाम नगरपालिकाबाट एक लाख रुपियाँ गरी ३० लाखको लागतमा पार्क निर्माण गरिएको निर्माण समितिका अध्यक्ष हिमालय कर्माचार्यले जानकारी दिए । एक दशकअघि पार्कको शिलान्यास गरिए पनि प्राविधिक र आर्थिक कारणले निर्माणमा ढिलाइ भएको कर्माचार्यले बताए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ०५९ सालमा पार्कको शिलान्यास गरेका थिए ।
पार्क निर्माणले पर्यटन विकासमा टेवा पुग्ने विश्वास इलामवासीले लिएका छन् । ‘बिपी पार्क इलामका लागि उत्कृष्ट पार्क बनेको छ’ इलाम नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीले भने, ‘यसले जिल्लाको पर्यटन विकासमा थप सहयोग गर्नेछ ।’

प्रतिक्रिया