यातायात बन्द फिर्ता लिन सरकारद्वारा आह्वान

sarkar logoकाठमाडौं, ८ जेठ । पूर्व सभासद् सदरुल हक मियाँयाको हत्या पछि आफन्त र स्थानीले आह्वान गरेको यातायात बन्दको कार्यक्रम फिर्ता लिन सरकारले अपील गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले आज (बुधबार) विज्ञप्ति जारी गरेर यातायात बन्दको कार्यक्रम फिर्ता लिन सरोकारवालाहरुसँग अपील गरेका हुन् । ‘राजमार्ग बन्द हुँदा सयौं सर्वसाधारण मर्कामा परेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘संयमित भई अनुसन्धानको नतिजा पर्खिना अपील गर्छौ ।’
प्रवक्ता कोइरालाले सत्यतथ्य पत्ता लगाई दोषीउपर कडा कारबाही गर्न छानविन समिति गठन भईसकेको जनाउँदै सात दिन भित्र प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाए ।
सप्तरी जिल्लामा पूर्व सभासद् मियाँको अज्ञात समूहले सोमबार राति हत्या गरे पछि आफन्त र स्थानीयले दुई दिन देखि सप्तरीमा यातायात बन्द आह्वान गरेर प्रदर्शन गर्दै आएका छन् । यातायात बन्द हुँदा हज्जारौं यात्रु र सयौं सवारी साधन सडकमै अलपत्र परेका छन् ।

प्रतिक्रिया