नागरिकता बनाउन खोज्न दुई भारतीय पक्राउ

citizen ship indianबाँके, ८ जेठ । बाँके जिल्लामा नेपाली नागरिकता बनाउन खोज्ने दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् ।
भारतीय नागरिकलाई नक्कली छोरा बनाएर नेपाली नागरिकता दिलाउन सहयोग गर्ने पिप्रहवा–४ का ४९ वर्षीय अस्लाम कवाडियासहित तीन जना मंगलबार पक्राउ परेका हुन् ।
गाविस भवनमा संचालित एकीकृत घुम्ती शिविरमा मंगलबार अस्लामले दुई भारतीय नागरिकलाई नेपाली नागरिकताका लागि पहल गरेका थिए ।
पक्राउ पर्ने भारतीय नागरिकहरुमा १९ बर्षीय रसिव कवडिया र २१ बर्षीय तसलिमा कवडीया रहेका छन् । उनीहरु दुबै अस्लामका ज्वाई हुन् ।

प्रतिक्रिया