अवैध हतियार संकलन

Hatiyar-Puithanप्युठान, ८ जेठ । जिल्लामा हालसम्म १ सय ७६ अवैध हातहतियार संकलन भएको छ । अवैध हतियार बुझाउनका लागि दोस्रोपटक जारी सूचनाको अवधिमा १ सय ७६ हतियार सर्वसाधारणले बुझाएका छन् । संकलित हतियारमध्ये सबैले भरुवा बन्दुक बुझाएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।
दोस्रोपटकमा अवैध ५३ र लाइसेन्स लिएर नवीकरण नगराएका ३५ गरी ८८ थान संकलन भएको उनले बताए । पहिलोपटक जारी सूचनाअनुसार अपेक्षाकृत हतियार संकलन नभएको भनी जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक एकमहिने सूचना जारी गरी संकलन अभियान थालेको थियो । गाउँघरमा अवैध रूपमा हातहतियार रहँदा चोरी, डकैती, गुन्डागर्दी, लुटपाटजस्ता आपराधिक क्रियाकलाप बढ्ने भएकाले यस्तो अभियान सुरु गरिएको कार्कीको भनाइ छ ।
हाल जिल्लामा गृहको परिपत्रअनुसार पहिलो र दोस्रो चरणको संकलन अभियान सम्पन्न भइसकेकाले खानतलास एवं अन्य क्रममा घरमा लुकाइ–छिपाई राखिएको अवस्थामा अवैध हतियार भेटिएको खण्डमा कानुनबमोजिम कारबाही हुने प्युठान प्रहरी प्रमुख कार्कीले बताए ।
जिल्ला प्रशासन कार्यालयले ०६९ फागुन १८ गतेदेखि चैत १८ गतेसम्म पहिलो र चैत १८ देखि वैशाख १८ सम्मका लागि दोस्रो चरणको अभियान सञ्चालन गरेको थियो । अवैध हतियार बुझाउनका लागि स्थानीय रेडियो पत्रपत्रिका र अनलाइनका खबरमा समेत सर्वसाधारणलाई जानकारीका लागि हतियार बुझाउन सूचित गरिएको प्रमुख जिल्ला अधिकारी कमलमणि काºलेले बताए ।

प्रतिक्रिया