सुन तोलामा १६ सय रुपियाँ बृद्धि

Gold-Shopकाठमाडौं, ७ जेठ । सुनको बजार भाउमा एकै दिन तोलामा १ हजार ६ सय रुपियाँले बढेको छ ।
सोमबार तोलाको ४८ हजार ७ सयमा कारोबार भएको सुन आज (मंगलबार) १ हजार ६ सय रुपियाँले बढेर तोलाको ५० हजार ३ सय रुपियाँमा कारोबार भएको छ ।
चाँदीको भाउ पनि तोलामा ३५ रुपियाँले बढेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । सोमबार चाँदी तोलाको ८ सय ३० रुपियाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औस १३ सय ८८ डलर बराबरमा कारोबार भएको छ ।

प्रतिक्रिया