फेसन डिजाइन अवार्ड हुने

Fashion-Dishine-Awardकाठमाडौ : विभिन्न क्षेत्रका अवार्ड भइरहेको वर्तमान समयमा अब फेसन डिजाइनर अवार्ड पनि हुने भएको छ । यसै क्षेत्रमा समर्पित युवाका स्वआर्जन तथा स्वकौशल प्रस्फुटन गराउने उद्देश्यले इ–प्लानेट नेपालले यो अवार्ड आयोजना गर्न लागेको हो । क्रियटिभ अवार्ड अर्थात् प्लेटफर्म फर फेसन डिजाइनर नामकरण गरिएको यो प्रतियोगिता आगामी असोज १८ गते राजधानीमा एक भव्य कार्यक्रमबीच सम्पन्न हुने आयोजकले जनाएको छ ।
फेसन डिजाइनिङमा भविष्य खोज्ने सिर्जनशील युवाहरूमा समर्पित प्रतियोगितामा स्वदेश तथा विदेशमा अध्ययन गरेका नेपाली डिजाइनरले सहभागिता जनाउनेछन् । प्रतियोगितामा रेगुलर ड्रेस, टच इन नेपाल, आइटी, स्ट्रिट गेटा नेचर, इभिनिङ भिन्टाज र ग्ल्यामर फेसनलगायत विधा रहेका छन् । प्रतियोगिताको रेगुलर ड्रेस राउन्डमा नियमित किसिमका ड्रेस डिजाइन र टच इन नेपाल राउन्डमा नेपालीपन झल्कने ड्रेस, त्यसैगरी, आइटी थिममा फेसन डिजाइनमार्फत प्रतियोगीले सूचना र प्रविधिलाई झल्काउनुपर्नेछ भने नेचर थिममा प्रकृति, इभिनिङ भिन्टाजमा रात्रि पार्टीमा पहिरिने पोसाक र ग्ल्यामर फेसनमा ग्ल्यामर पहिरन प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।
प्रतियोगिताका विजयीलाई क्रियटिभ अवार्ड, फस्ट रनर अप र सेकेन्ड रनरअपलगायत विधामा विजेता घोषित गरिनेछ । फेसन डिजाइनरका अन्तरनिहित प्रतिभा उजागर, डिजाइनको बजारीकरण गर्दै अवसर प्रदान गर्न सहयोगी भूमिका निर्वाह हुने तथा फेसन डिजाइनिङलाई मर्यादित पेसाका रूपमा विस्तार गर्न सहयोग पुग्ने विश्वास आफूले लिएको आयोजक इ–प्लानेटले विज्ञप्तिमार्फत जनाएको छ । (सौस)

प्रतिक्रिया