‘चुनावी गर्मी बढ्यो–खनाल’

imagesदेउखुरी ६ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले देशमा चुनावी सरगर्मी बढेको भन्दै
कार्यकर्तालाई चुनावी अभियानमा जुट्न निर्देशन दिएका छन् । दाङमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले निर्वाचनको वातावरण बिगार्ने कुनै पनि काम नगर्न समेत कार्यकर्तालाई निर्देशन दिए । ‘निर्वाचनको गर्मीले छुन थालेको छ’ उनले भने–‘निर्वाचनलाई प्रभाव पार्ने काम कहीकतैबाट पनि हुनुहुदैन् ।’ पूर्व प्रधानमन्त्रि समेत रहेका खनालले देश राजनैतिक संकटमा फसेको उल्लेख गर्दै यसका निकासका लागि निर्वाचन मात्र एउटा उत्तम बिकल्प भएको बताए ।
देउखुरीको समग्र विकासका लागि ध्यान दिन माग राख्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खनाललाई ३१ वुदे ज्ञापन पत्र वुझाइएको छ । देउखुरी उद्योग वाणिज्य संघको नेतृत्वमा ज्ञापन पत्र वुझाउदै विकास निर्माणमा ध्यान दिन अनुरोध गरिएको हो । ज्ञापन पत्रमा लमहीलाई नगरपालीका घोषणा, एकीकृत सेवा केन्द्रको स्थापना, लमही–कोईलावास सडक सिघ्र निर्माण, कालाकाटे–सिक्टा हुदै नेपालगञ्ज सम्म जोड्ने सडक निर्माण, प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरवृद्धि गरी ५० शैयाको अस्पताल लगायतका मागहरु रहेका छन् ।

प्रतिक्रिया