पार्टी भित्रको गुटबन्दिपूर्ण क्रियाकलाप रोक

UML 1काठमाडौं, ५ जेठ ।    एमालेको अनुशासन आयोगलले पार्टीभित्र देखापरेका विभिन्नखाले गलत विचार एवं गुटबन्दिपूर्ण क्रियाकलापका विरुद्ध संघर्ष गर्न योजना बनाउन नेतृत्वलाई निर्देशन दिएको छ ।
पार्टी मुख्यालय बल्खुमा आज (आइतबार) बसेको आयोगको बैठकले गुबन्दिपूर्ण क्रियाकलापका विरुद्ध योजनाबद्ध रुपमा संघर्षका लागि केन्द्रीय कमिटीमा प्रस्ताव पेश गर्नुपर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘आयोगका तर्फबाट केन्द्रीय कमिटीको २१ औं बैठकमा प्रस्तुत विश्लेषण तथा सुझावहरुलाई गम्भीरतापूर्वक ध्यान दिंदै अविलम्ब एक प्रभावकारी ‘संगठन शुद्धिकरण तथा सुदृढीकरण अभियान’ व्यवस्थित रुपमा संचालन गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
माक्र्सवादी सिद्धान्त र जनताको बहुदलीय जनवादको नीति र कार्यदिशामा दृढ भएर पार्टी निर्माणको प्रक्रियालाई अझ व्यवस्थित योजनाका साथ अघि बढाउनु जरुरी रहेको आयोगका संयोजक अमृत बोहराले जनाए ।
यसैबीच, आयोगले आफ्नो सदस्यमा रिक्त स्थानमाभक्तपुर निवासी राजेन्द्रमान श्रेष्ठ मनोनयन गरेको छ ।

प्रतिक्रिया