अध्यक्ष रेग्मीद्वारा अध्यक्ष दाहालसँग परामर्श

baluwatarकाठमाडौं, ५ जेठ । अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा एमाओवादी पुष्पकमल दाहालसँग परामर्श गरेका छन् ।
बालुवाटारमा आज (आइतबार) भएको भेटबार्तामा निर्वाचनको मिति र राजनीतिक सहमति जुटाउने विषयमा कुराकानी भएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ । निर्वाचनको मिति र तयारीका विषयमा अध्यक्ष रेग्मीले पछिल्लो दुई साता यता विभिन्न राजनीतिक दल र पक्षहरुसँग परामर्श गर्दै आएका छन् ।
अध्यक्ष रेग्मीले मंसिरमा हुने निर्वाचनका लागि राजनीतिक वातावरण बनाई दिन आग्रह गरेका थिए । ‘आन्दोलनरत नेकपा–माओवादीसहितका दलहरुसँग पनि वार्ताको वातावरण बनाई दिनु पर्छ,’ रेग्मीलाई उदृत गर्दै स्रोतले भन्यो, ‘राजनीतिक वातावरण बन्न सकेन भने निर्वाचन गराउन समस्या हुन्छ ।’
जवाफमा अध्यक्ष दाहाल आफूहरु असन्तुष्ट दलहरुलाई वार्तामा ल्याउन गृहकार्यमा रहेको बताए ।

प्रतिक्रिया