उच्चस्तरीय संयन्त्रको कोइरालाद्धारा नै विरोध

Sushil Koiralaपोखरा, ४  जेठ । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले चार दल सहभागि उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति असन्तुष्टि जनाएका छन् ।
संयन्त्रको संयोजक समेत भइसक्नुभएका सभापति कोइरालाले चार दलका नाममा देशमा सिण्डिकेट लाद्न खोजिएको भन्दै सबै दललाई मिलाएर लैजानुपर्ने धारणा व्यक्त गरे । चार दलबाहिरका अन्य दलहरुले संयन्त्रको विरोध गरिरहेका बेला संयन्त्रमा सहभागि दलकै सभापतिबाट यस्तो अभिव्यक्ति आएको हो । उनले भने, ‘मोहन बैद्य नेतृत्वको ३३ दलीय मोर्चा र उपेन्द्र यादवको मधेशी मोर्चालाई समेत विश्वासमा लिएर अगाडि बढ्नुपर्छ ।’
पोखरामा आज नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको स्वर्गीय दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मान समारोहमा कोइरालाले संविधानसभामा सभाषदको संख्या घटाउने र थ्रेसहोल्ड एक प्रतिशत राख्ने अडानबाट आफ्नो पार्टी कुनै हालतमा पछाडि नहट्ने स्पष्ट पारे । यस विषयमा नेकपा एमाले र नोपली काँग्रेसबीचमा समान धारणा र अडान रहेको उल्लेख गर्दै कोइरालाले भने, ‘पहिले भएको सहमतिबाट अब हामी कुनै हालतमा पछाडि हट्दैनौं , यसमा एमाले र काँग्रेस एकठाउँमा छौं ।’ कार्यक्रममा नेपाल प्रेश युनियनका उपसभापति समेत रहेका पत्रकार गंगाधर पराजुलीलाई स्वं. दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०६९बाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया