दुई प्रहरी निरीक्षक सहित २४ कारवाहीमा

nepal policeराजविराज, ३ जेठ । सर्वसाधारणलाई कानुनको पालना गराउने प्रहरी नै कानुन उल्लंघनका घटनामा संलग्न भएपछि आव ०६९/०७० मा सप्तरीका २४ जना प्रहरी कारवाहीमा परेका छन् । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा उनीहरुलाई कारवाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय श्रोतले दिएको जानकारी अनुसार पदको दुरुपयोग गरी गलत क्रियाकलापमा संलग्न रहेका २ प्रहरी निरीक्षक, ३ सई, २ असई, ३ हवल्दार, १३ जवान र १ परिचर लाई कारवाही गरिएको छ । जसमध्ये १ सई, ३ जवान र १ परिचर लाई सेवाबाटै हटाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीको रेकर्डमा उल्लेख छ । २ सई, १ हवल्दार र २ जवानको पदोन्नती रोक्का र १ जवानलाई बरखास्त गरिएको छ । १ हवल्दार तथा १ जवान निलम्वनमा परेका छन् भने ६ जना जवानलाई नसिहत दिईएको छ । २ जना प्रहरी निरीक्षक, २ असई र १ हवल्दारलाई सख्त चेतावनी दिईएको प्रहरीको रेकर्डमा उल्लेख छ ।
विभागिय नीति निर्देशन नमान्ने, अनुसासनहीन काम गर्ने र मादक पदार्थ सेवन गर्ने प्रहरी अधिकृत देखि जवानसम्मलाई कारवाही गरिएको प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले वताए ।

प्रतिक्रिया