प्रहरीमा ६ हजार दरबन्दी थप गर्ने निर्णय

nepal_policeकाठमाडौं, २ जेठ । सरकारले प्रहरीमा ६ हजार १० दरबन्दी थप गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा दरबन्दी थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए । थप हुने प्रहरी दरबन्दीलाई अस्थायी प्रहरी बिट, महानगरी सुरक्षा, लोकमार्गको सुरक्षालगायतका स्थानमा परिचालन गरिने छ ।
सरकारले बर्मुडामा हालै सम्पन्न आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजनका विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही तीन लाख ५० हजार रुपियाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।
रुकुम जिल्लाको चौरजहारी र पाँचथरको फिदिममा व्यबस्थित आवास विकासका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको पौडेलले बताए ।

प्रतिक्रिया