महिना दिनपछि स्वाथ्य केन्द्रमा डाक्टर

देउखुरी, ३१ वैशाख । प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा एमबिबिएस डाक्टर आएका छन् । डाक्टरविहीन भएको महिना दिनपछि पोखरा घर भएका डाक्टर मिलन पोख्रेल करारमा स्वास्थ्य केन्द्रमा आएका हुन् । सोमबार उनको व्यवस्थापन समितिले एक कार्यक्रमबीच स्वागत गरेको छ । डाक्टर नहुँदा बिरामीहरू डाक्टरी सेवा लिनबाट वञ्चित भएका थिए । शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम लैजानुपर्ने बाध्यता थियो । व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद गोराथोकीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा स्वास्थ्य केन्द्रका रूपनारायण चौधरी, सूर्यराज गौतम, ओमप्रकाश सुवेदी (सागर), मीना शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चैत्र ६ गतेदेखि स्वास्थ्य केन्द्र डाक्टरविहीन भएपछि व्यवस्थापन समिति जिल्ला, क्षेत्र र केन्द्र स्तरमा डेलिगेसन गएको थियो ।

प्रतिक्रिया