दुर्घटनामा १ जना यात्रुको मृत्यु/१८ जना घाइते

दैलेख, ३० वैशाख । कर्णाली राजमार्गमा पर्ने दैलेखको सिंगौडी–६, साइँमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेलाई बसमार्फत उपचारका लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा अछाम पुलेतोलाकी २१ वर्षीय लक्ष्मी विष्ट (रावल) रहेकी छन् । उनकी ४ महिने शिशु भने सकशुल रहेको प्रहरी भनाई छ ।
टीकापुरबाट जुम्लातर्फ जाँदै गरेको मध्यपश्चिम यातायातको ना ३ ख ४७९३ नम्बरको बस सोमबार नालीतर्फ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
साइड दिने क्रममा बस सडकबाट भित्तातर्फ नालीमा पल्टिएको राकमकर्णाली प्रहरी चौकीको भनाई छ ।

प्रतिक्रिया