रौतहटमा गैंडाको खागसहित यादव पक्राउ

रौतहट, ३० वैशाख । रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित एक होटलबाट प्रहरीले गैंडाको खागसहित बीरेन्द्र यादवलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गम्हरीया बिर्ता–७ घर भएका ३५ बर्षीय यादवलाई खागसहित पक्राउ गरेको हो । पक्राउ परेका यादवले खाग आफ्नो नरहेको दाबी गरेका छन् ।
उनी चन्द्रनिगाहपुरमा रहेको सुदर्शन होटलमा कोठा लिएर बसेका थिए । खाग बिक्री गर्न होटलमा आएर बसेको अवस्थामा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका नायव उपरीक्षक धु्रवराज राउतले जानकारी दिए ।
पक्राउ परेका यादवले रौतहट रंगपुर गाबिसका मनोज धितालले आफूलाई खाग रहेको झोला राख्न दिएको बयान प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया