पाँच प्रहरी निलम्बित

रोल्पा : सुरक्षा अवस्थामा लापरबाही गरेको भन्दै जिल्ला कारागार रोल्पामा सुरक्षार्थ खटिएका एक सहायक प्रहरी निरीक्षक सहित पाँच प्रहरीलाई निलम्बित गरिएको छ भने एक असईलाई विभागीय कारबाही गरिएको छ । कैदी फरार घटनामा सुरक्षाकर्मीको कमजोरी रहेको भन्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक वसन्तकुमार बस्नेत, प्रहरी हवल्दार क्षेत्रबहादुर राना, प्रहरी जवानहरू सुवास बराल, छबिलाल वली, कुमार आचार्य र रामबहादुर थापालाई निलम्बित गरेको छ भने प्रहरी सहायक निरीक्षक शालिकराम बस्नेतलाई विभागीय कारबाही गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक उत्तमबहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय र क्षेत्रीय सहप्रशासक बासुदेव दाहालको संयोजकत्वमा दुई सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ । समितिले घटनाको यथार्थ छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउने मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टपेन्द्रध्वज हमालले बताएका छन् ।

प्रतिक्रिया