राजनीतिक समितिको बैठक सोमबार

4 dal ka netaकाठमाडौं, २९ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका बारेमा छलफल गर्न सोमबार राजनीतिक उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्ने भएको छ ।
काठमाडौंमा बस्ने बैठकमा निर्वाचनको मिति र आन्दोलनरत राजनीतिक दलहरुसँगको वार्ताका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ । नेकपा–माओवादी सहितका दलहरु आन्दोलनमा उत्रिए पछि समितिले वार्ता र सम्वाद मार्फत निकास खोज्ने जनाउँदै आएको छ ।
समितका संयोजक समेत रहेका कांग्रेस सभपाति सुशील कोइरालाले आइतबार विहान उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउने विषयमा आफ्ना पार्टीका केही प्रभावशाली नेताहरुसँग परामर्श समेत गरेका थिए ।
सोही परामर्शका आधारमा सोमबार समितिको बैठक बोलाउने निर्णय भएको हो । बैठकका लागि एमाओवादी, एमाले र मधेसी मोर्चाका नेताहरुलाई टेलिफोन मार्फत जानकारी गराईएको कोइरालाका निजी सहयोगी लक्ष्मण ढकालले जानकारी दिए ।
मंसिर महिना भित्रै निर्वाचन गराउने गरी मिति घोषणा गर्न सरकारलाई दवाव दिईए पनि मिति घोषणा हुन सकेको छैन ।

प्रतिक्रिया