खोजखबर

मोरङ र बर्दियामा दुई बालिका बलात्कृत

सौर्य अनलाइन २०७० वैशाख २८ गते ११:१९ मा प्रकाशित

मोरङ, २८ वैशाख । मोरङ र बर्दिया जिल्लामा दुई बालिका बलात्कृत भएका छन् ।
मोरङको अम्बरदह–६ मा स्थानीय ६७ वर्षीय रामबहादुर घिमिरेले १४ बर्षीया बालिकाको बलत्कार गरेको प्रहरीले जनाएको छ । छिमेकीको घरबाट टिभि हेरेर घर फर्कने क्रममा घिमिरेले बालिकालाई छोपेर बलत्कार गरेका हुन् ।
बिहीबार राति बालिकालाई बलत्कार गरेको अभियोगमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको छ ।
यता, बर्दीयामा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलत्कार गरेको अभियोगमा प्रहरीले गुलरिया नगरपालिका–४, चेतना विकास टोलका १४ बर्षीय लक्ष्मण कुच बन्दियालाई पक्राउ गरेको छ ।
लक्ष्मणले शुक्रबार बालिकालाई ललाई फकाई खेतवारीमा लगेर बलत्कार गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय