आगलागी हुँदा ३५ लाखको नोक्सानी

चितवन, २८ वैशाख । चितवनस्थित नेपाल टेलिकमको टावरमा आगलागी हुँदा ३५ लाख बराबरको नोक्सानी भएको छ ।
शुक्रनगर–३ मा रहेको टेलिकमको टावरमा शुक्रबार राति विजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको केही समय पछि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया