अवरोध श्रृजना गर्ने पाँच जना पक्राउ

Elecatation-Commisionकाठमाडौं, २७ वैशाख । काठमाडौंको सतुङगलमा फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध पुराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिष्णुदेवी शिक्षा सदनमा शुक्रबार संचालन भइरहेको नामावली संकलन कार्यमा अवरोध पुर्‍याउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरु नेकपा–माओवादीका कार्यकर्ता रहेको स्थानीयको भनाई छ ।
पक्राउ पर्नेमा सतुंगलका सुरेश श्रेष्ठ, बिराट नेपाली, किसोर न्यौपाने, तिनथाना–५ का बिष्णुकुमार कार्की र महादेवस्थान–५ का शम्भु कार्की रहेका छन् ।

प्रतिक्रिया