घुम्ती शिविरबाट नौ हजार लाभान्वित

धनगढी : कैलालीमा हाल सञ्चालनमा रहेको एकीकृत घुम्ती सेवा शिविरमा सेवा लिनेको  दिनहुँ भिड लाग्न थालेको छ ।
आफ्नै गाउँठाउँमा घुम्ती सेवा सुरु भई शिविरमार्फत सहज रूपमा सेवा लिन सजिलो भएकाले सर्वसाधारणको भिड देखिएको सेवाग्राहीले बताएका छन् । जिल्लाका चौमला र पहलमानपुरमा सञ्चालन भएको घुम्ती सेवा शिविरमार्फत आठ दिनमा मात्रै नौ हजारभन्दा बढीले सेवा पाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए ।
ती दुवै क्षेत्रमा भएको घुम्ती सेवामार्फत दुई हजार दुई सयले नागरिकताको प्रमाणपत्र लिएको र त्यतिकै संख्याका सेवाग्राहीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराई सेवा लिएका छन् । (सौस)

प्रतिक्रिया