ढकाल फेरि सिरियलमै

काठमाडौं : एक समय नेपाल टेलिभिजनमा पारिवारिक सिरियलको जगजगी थियो । तर, अहिले पारिवारिक सिरियल पाउन मुस्किल छ । बिस्तारै हराउँदै गएको पारिवारिक सिरियलको अवस्थालाई सुधार्न निर्देशक बाबुराम ढकाल ‘परिबन्ध’ का साथमा दर्शकमाझ आउने भएका छन् ।
उनको निर्देशन रहेको सिरियल ‘परिबन्ध’ आगामी बुधबार बेलुकी साढे ९ बजेदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । लक्ष्मी गिरी, मुकुन्दकिशोर भट्टराई, सिरु विष्ट, सुस्मिता कार्की, जया ओझा, श्याम घिमिरे, नविन लम्साल, दीक्षा पाठकलगायतका कलाकारको यसमा अभिनय छ । विजयकुमार सिरनेत ठकुरी कार्यकारी निर्माण रहेको सिरियललाई जया ओझाले लेखेकी हुन् ।
मिडिया हबसँगको सहकार्यमा ‘परिबन्ध’ दर्शकमाझ आउन लागेको हो । निर्देशक बाबुराम ढकालले एक वर्षका लागि मिडिया हबसँग सम्झौता गरेको आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो । अहिले सिरियल सात भाग तयार छ । सिरयिलबाट चलचित्र निर्देशनमा हात बढाएका निर्देशक ढकालको पछिल्लो चलचित्र नाइन ओ क्लकले व्यवसाय हात पार्न नसके पछि उनी फेरि सिरियलमा झरेका हुन् । (सौस)

प्रतिक्रिया