अख्तियारको जिम्मेवारी लोकमासिंह कार्कीलाई

Lokmanshin-Karkiकाठमाडौं, २२ वैशाख । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग र महालेखा परीक्षकको कार्यालयमा प्रमुख आयूक्त र प्रमुखका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको परिषद् बैठकले अख्तियारमा पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको कायम मुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माले जानकारी दिए ।
अख्तियारको प्रमुख आयूक्तमा सिफारिस कार्कीलाई २०६२/६३ सालको जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप छ । कार्कीलाई अख्तियारको प्रमुख बनाउन एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले सिफारिस गरेका हुन् । सर्वोच्चमा उनी विरुद्ध परेको मुद्दाको अन्तिम फैसला भईसकेको छैन ।
त्यसै गरी, परिषद्ले लोकसेवा आयोगको प्रमुखमा कयोदेवी यमी र महालेखा परीक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गर्ने निर्णय गरेको छ । यमी एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईकी दिदी सासु तथा हिसिला यमीका दिदी हुन् ।
लामो समयदेखि रिक्त संवैधानिक निकायमा पदाधिकारी नियूक्तिको सिफारिसका लागि अन्तरिम संविधान संशोधन गरिएको थियो । परिषद्ले सिफारिस गरेका नामलाई स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाउनु पर्ने छ ।

प्रतिक्रिया