ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यू

Nawalparasiनवलपरासी, १९ वैशाख । नवलपरासीको रानीनगरमा ट्याक्टर दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यू भएको छ । दुर्घटनामा २२ जना घाईते भएका छन् ।
दाहसंस्कारका लागि शव लिएर त्रिवेणी जाँदै गरेको लु १ त ११५९ नम्वरको ट्याक्टर आज रानीनगरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते मध्ये ९ जनाको अवस्था गम्भीर छ ।
मृत्यु हुनेमा महाराजगञ्ज ठुठिबारी गाउँ पञ्चायतका निशार महम्मद, सूर्यनारायण सुनार, देवान मुस्लिमलगायत रहेका छन् ।
दाहसंस्कारका लागि ट्याक्टरले भारतको ठुठिबारीवाट शव लिएर त्रिवेणी जाँदै गरेको थियो ।

प्रतिक्रिया