लोकतान्त्रिक शक्तिको दुईतिहाई आवश्यक

JN-Khanal-@नेपालगञ्ज, १९ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचनबाट लोकतान्त्रिक शक्तिको दुईतिहाई बहुमत ल्याउनु पर्ने बताएका छन् ।
बाँकेमा आज आयोजित कार्यक्रममा अध्यक्ष खनालले लोकतान्त्रिक शक्तिको दुईतिहाई बहुमत आएमात्रै मुलुकमा संविधान बन्ने बताए । उनले पछिल्लो समय एमालेको पक्षमा जनलहर बढ्दै आएको पनि दाबी गरे ।
उनले बहुमतका लागि लोकतान्त्रिक पक्षधरशक्तिहरुसँग मिलेर जाने उल्लेख गरे । ‘लोकतान्त्रिक शक्तिसँग तालमेल हुन्छ,’ उनले भने, ‘केही स्थानमा भने तालमेल नहुन सक्छ ।’

प्रतिक्रिया