अर्थ सचिव नयाँ दिल्लीतिर

वैशाख १९, काठमाडौं । एसियाली विकास बैंकको भारतको नयाँ दिल्लीमा वैशाख १९ देखि २२ गतेसम्म हुने वार्षिक बैंठकमा भाग लिन अर्थ सचिव शान्तराज सुवेदी बुधबार नयाँ दिल्ली प्रस्थान गरेका छन । वार्षिक रूपमा आयोजना हुने उक्त बैंठकमा नेपालको तर्फबाट अर्थ मन्त्रीको नेतृत्वमा अर्थ सचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिवलगायत ४ जनाको सहभागिता रहने र भारतस्थित नेपाली कार्यबाहक राजदूत खगनाथ अधिकारी र मिनिस्टर इकोनोमिक विष्णुप्रसाद लम्सालको समेत सहभागिता रहने कुरा अर्थ मन्त्रालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

एसियाली विकास बैंकको वार्षिक कार्यक्रमलगायत बैंकको सहायता रणनीति, स्रोत परिचालनको प्रभावकारीतालगायत विषयमा छलफल हुने कुरा अर्थ सचिव सुवेदी बताए । उनले वार्षिक बैंठकमा सहभागी हुने अन्य सदस्य राष्ट्रसँग नेपालको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउन द्विपक्षीय छलफलसमेत गरिने बताए । सो वार्षिक बैंठक गतवर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजना भएको थियो ।

प्रतिक्रिया