शीर्ष नेताका कारण दलहरु कमजोर: कोइराला

Sujata-Koiralaधनकुटा, १८ वैशाख । कांग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाले चार राजनीतिक शक्तिको गलत निर्णयले गर्दा दलहरु अहिले कमजोर बन्दै गएको बताएकी छन् ।
नेपाल प्रेस युनियनले आज धनकुटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले प्रमुख दलका १२ जना शीर्ष नेताहरुको निर्णयले मात्रै अब मुलुक चल्न नसक्ने बताईन् ।
‘राजनीतिक दलहरुवीच सहमति हुन नसकेर अर्को व्यक्तिलाई प्रधानमन्त्री वनाउने निर्णयले शीर्ष नेताहरु कत्ति कमजोर भए भन्ने कुरा जनताले थाहा पाईसकेका छन्,’ उनले भनिन् ।
नेतृ कोइरालाले पछिल्लो समय दलहरु कमजोर भएका कारण धेरै राजनीतिक गतिविधी हुन नसकेको स्वीकार गरिन् ।
‘चार राजनीतिक शक्तिका १२ शीर्ष नेताले मात्रै गरेको निर्णय सफल हुन सक्दैन,’ उनले भनिन्, ‘चार शक्तिका कारण देश संकटमा परेको छ ।’

प्रतिक्रिया