वैशाख अन्तिम साता एमालेको केन्द्रीय कमिटी

UML 1काठमाडौं, १७ वैशाख । एमालेले मुलुकको पछिल्लो राजनीतिक अवस्था, कार्यविभाजनलगायतका विषयमा छलफल गर्न वैशाखको अन्तिम साता केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
वैशाख–२५ र २६ गते केन्द्रीय कमिटीको बैठक बोलाएको सचिव विष्णु पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय कमिटी बैठकका लागि आवश्यक तयारी गर्न वैशाख–२२ र २३ गते पोलिटब्यूरोको बैठक पनि विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय कमिटीमा स्थायी कमिटीले तयर गरेको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटीका रिक्त स्थानमा मनोनयन, कार्य विभाजन, संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान, राष्ट्रिय प्रतिनिधि परिषदको बैठकलगायतका बिषयमा छलफल हुने पौडेलले बताए ।
संविधानसभा निर्वाचन मंसिरको पहिलो साता हुने तयारी भईरहँदा एमालेले चुनावलाई केन्द्रमा राखेर बैठक बोलाएको हो ।

प्रतिक्रिया