काठमाडौं प्रहरी प्रमुखमा घिमिरे

काठमाडौं : एसएसपी सुबोध घिमिरेलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले एसएसपी रणबहादुर चन्दका ठाउँमा घिमिरेलाई सोमबारदेखि लागु हुनेगरी परिसर प्रमुख बनाएको हो । घिमिरे यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । अस्वस्थताको कारण देखाई केही दिनबाट बिदामा रहेका एसएसपी चन्दलाई लागुऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ ।
चन्दको कार्यक्षमतामा टिप्पणी उठ्न थालेपछि प्रधान कार्यालयले परिसरप्रमुख परिवर्तन गरेको हो । गत पुसमा मात्र चन्द परिसरप्रमुख बनेका थिए ।
प्रधान कार्यालयले पोखरा र विराटनर उपमहानगरपालीकामा प्रहरी प्रमुख एसएसपी रहने निर्णयसमेत गरेको छ । यसअघि दुवै उपमहानगरपालिकामा एसपी प्रमुख थिए । (सौस)

प्रतिक्रिया