कांग्रेसलाई बहुमत दिलाउन आग्रह

बारा, १७ वैशाख । नेपाली कांग्रेसले मात्र लोकतान्त्रिक संविधान बनाउन सक्ने भएकाले कांग्रेसलाई बहुमत दिन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आग्रह गरेका छन् । बाराको कलैयामा सोमबार कांग्रेस जिल्ला पार्टी कार्यालयको उद्घाटनपश्चात आयोजित आमसभामा देउवाले यस्तो आग्रह गरेका हुन् । आगामी संविधानसभाको निर्वाचनपछि एमाओवादीलाई पाखा लगाएर कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने उनले दाबी गरे । आमसभामा कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले कांग्रेस मधेसका मुद्दाप्रति गम्भीर रहेको बताए । मधेसका जनताले कांग्रेसलाई बहुमत दिलाउने विश्वास उनले व्यक्त गरे । आमसभामा कांग्रेसका केन्द्रीय सदस्यद्धय फरमुलाह मंसुर, अजय चौरसिया, उमाकान्त चौधरी, पूर्वसभासद अजय द्धिवेदी, अफताब आलमलगायतकाले बोलेका थिए ।

प्रतिक्रिया