काठमाडौंका हाउजिङ र घर अत्यन्तै कमजोर

Tकाठमाडौं, १६ वैशाख । काठमाडौं महानगरपालिका भवन निर्माण बिभागका वरिष्ठ इञ्जीनियर उत्तरकुमार रेग्मीले राजधानीमा निमार्ण गरिएका घरहरु र हाउजिङहरु अत्यान्तै जोखिमपूर्ण रहेको बताएका छन् । उनले भवन निमार्ण मापदण्ड अनुसार घरहरु बन्न नसकेको बताए ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा रेग्मीले नेपाल सरकराको गुणस्तर विभागकै विश्वास गर्न सकिने अवस्था नरहेको बताए ।
मुनाफा कसले धेरै खाने भन्ने अस्वथ्य प्रतिस्प्रर्धाले घर बनाउने सामाग्रीको गुणस्तर खस्किँदै गएको रेग्मीले बताए । ‘मापदण्ड अनुसार घर बन्न नसक्नुमा महानगरपालिका मात्र दोषी छैन,’ उनले भने ।
भूकम्प प्रविधि राष्ट्रिय समाजका वरिष्ठ विशेषज्ञ विजयकृष्ण उपाध्यायले काठमाडौंमा बनेका घरहरु भत्कन भूकम्प आउनै नपर्ने बताए । उनले अधिकांस घर र अहिले बनिरहेका हाउजिङ कम्पनीका घर ज्यादै कमजोर तरिकाले निमार्ण भएको बताए ।

प्रतिक्रिया