२५ करोडको तार उत्पादन

चितवन : चितवन मंगलपुरमा अवस्थित युनाइटेड वायर एन्ड केबुल इन्डस्ट्रिज प्रा.लि.ले स्थापनाको डेढ बर्षमै २५ करोडको तार उत्पादन गरेको छ ।

डेढ दर्जन विद्युत् व्यवसायीको संयुक्त लगानीमा सञ्चालित सो उद्योगले युनाइटेड केबल ब्रान्डका रूपमा तारहरू देशभर बिक्री गर्दै आएको छ । हाम्रो केबुल राम्रो केबुल व्यावसायिक नारा तय गरेको युनाइटेड केबलले उत्पादन आरम्भको ९ महिनामै नेपाल गुणस्तर चिह्न प्राप्त गरेको कम्पनीका अध्यक्ष एवं नेपाल विद्युत् व्यवसायी महासंघका संस्थापक केन्द्रीय अध्यक्ष गोविन्द कँडेलले बताए ।
आफ्ना उत्पादनवारे जानकारी गराउन कम्पनीले आयोजना गरेको इलेक्ट्रिसियन भेला पनि सम्पन्न गरेको छ । कार्यक्रममा करिब २ सयको संख्यमा इलेक्ट्रिसियन सहभागी थिए । सो अवसरमा कम्पनीका सञ्चालक तथा नेपाल विद्युत् व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तेजनारायण खरेलले गुणस्तरीय सामग्री उत्पादन गर्नु नै आफूहरूको मुल उद्देश्य रहेको बताए ।

प्रतिक्रिया