बालिका बलात्कार गर्ने अहेब देव पक्राउ

Harendra-Narayan-Devराजविराज, १५ वैशाख । बालिका बलात्कारको आरोपमा सप्तरीको गोवरगाडा उपस्वास्थ्य चौकीका अहेव हरेन्द्रनारायण देवलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर निवासी ३२ वर्षीय देवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । देवले स्थानीय ११ वर्षीया बालिकालाई पसलमा समान किन्न आएको मौका पारी वलात्कार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आईतवार पत्रकार सम्मेलन गरेर देवलाई सार्वजनिक गरको हो । गोवरगाडा उपस्वास्थ्य चौकीमा अहेव देवले पत्नी नभएका वेला पसलमा समान किन्न आएकी मण्डल थरीकी बालिकालाई पसल भित्र लगि बलात्कार गरेका थिए ।
कार्यक्षेत्रमा करिव ३ महिनादेखि अनुपस्थित देव कन्चनपुरमा किराना पसल गर्दै आएका छन् । बालिकालाई वलात्कार गरी फरार देवलाई भारतीय नाकावाट पक्राउ गरिएको सप्तरीका नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

प्रतिक्रिया