‘संविधानसभा निर्वाचन मंसिर–५ गते हुन्छ’

Ramchandra-Poudelचितवन, १५ वैशाख । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको निर्वाचन मंसिर–५ गते हुने दाबी गरेका छन् । उनले सोही मितिलाई आधार बनाएर सरकारले चुनाव घोषण गर्ने बताए ।
वीपी चिन्तन प्रतिष्ठानले आज चितवनमा आयोजना गरेको कार्यक्रममा पौडेलले मंसिरको पहिलो साता जसरी पनि चुनाव हुने बताए । ‘चुनाव मंसिरको ५ गते हुन्छ,’ उनले भने ।
लोकतन्त्र बिरोधी र उग्रवामपन्थीहरुबाट देश बचाउन प्रजातान्त्रिक शक्तिले जित हासिल गर्नुपर्ने उनको भनाई छ । निर्वाचनमा लोकतान्त्रिक शक्तिले बहुमत ल्याउनु पर्ने उपसभपाति पौडेलले बताए ।

प्रतिक्रिया