निर्वाचन नै सरकारको प्रमुख कार्यभार

Khilraj Regmi Cjकाठमाडौं, १४ बैशाख । अन्तरीम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान सभाको निर्वाचन नै वर्तमान सरकारको प्रमुख कार्य भएको बताएका छन् ।
उनले संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने भएकाले यसलाई सार्थक तुल्याउन सरकार लागिपरेको बताए । रत्नराज्य उच्च माध्यमिक विद्यालयको ५२ औं वार्षिर्कोत्सव समारोहलाई आज काठमाडांैमा सम्बोधन गर्दै उनले संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी राष्ट्रनिर्माणको द्धार उघार्ने कार्यमा सक्रिय रुपमा लाग्न सबैलाई आग्रह समेत गरे ।
अध्यक्ष रेग्मीले भने– आगामी निर्वाचनमा सबै वर्ग, जाति, भौगोलिक क्षेत्र, धर्म, लिङ्ग र संस्कृतिको प्रतिनिधित्व गरी नयाँ संविधान निर्माण गर्ने कार्यलाई सार्थक तुल्याउनु रहेको छ ।’ राजनीतिक स्थायित्व नभएकाले नै हालसम्म विगतका घोषित लक्ष्य हासिल गर्न नसकिएको भन्दै अध्यक्ष रेग्मीले अहिले तरल राजनीतिक संक्रमणकालबकाट देशलाई मुक्त गराउनुपर्ने आवश्यकता औल्याए ।

प्रतिक्रिया