माटोको ढिस्कामा पुरिएर दुईको मृत्यु

धनगढी, १४ वैशाख । बाजुरामा माटोको ढिस्कोमा पुरिएर दुई बालिकाको मृत्युभएको छ ।
आज शनिबार बिहान घर पोत्नका लागि माटो ल्याउन गएकी जयवागेश्वरी गाविस १ पीपलगाउँका चन्द्र बुढाकी ११ वर्षीया छोरी शुक बुढा र मनदेवी धामीकी ८ वर्षीया छोरी प्रमिला धामी माटोको ढिस्कोमा पुरिएर मृत्युभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घर नजिकै रहेको माटोको खानमा माटो लिन गएकी उनीहरु कुटोले माटो निकाल्ने क्रममा माटाकोे ढिस्को खसी पुरिएर घटनास्थलमै मृत्युभएको प्रहरीको भनाई छ ।
मृतक बालिका गाउँमै रहेको कुर्पेकोट निमाविमा क्रमशः कक्षा ५ र ३ मा अध्ययनरत थिईन् । गएराती परेको अविरल पानीले जमिन गलेकोले माटोको ढिस्को खसेको स्थानीयले बताएका छन् ।

 

प्रतिक्रिया