काठमाडौं : कैलाश विकास बैंक वाणिज्य बैंक बन्ने तयारीमा रहेको छ । अन्नपूर्ण फाइनान्सबाट विकास बैंकको रूपमा स्तरोन्नती भई कैलाश विकास बैंक बनेको यो चाडै नै वाणिज्य बंैकमा जाने बंैकद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
आफ्नो स्थापनाकालदेखि नै उत्कृष्ट सेवा पुर्याउँदै आएको संस्थाले नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था लगायतका संस्थाहरूबाट कदरपत्रसमेत प्राप्त गरिसकेको छ । हाल संस्थाको पुँजी ७० कारोड ७६ लाख १६ हजार पुगेको छ भने कुल पुँजीकोष ९३ करोड ९५ लाख भन्दा बढी रहेको छ ।
संस्थाको ०६८ चैत्र मसान्तमा कुल निक्षेप ४ अर्ब ४३ करोड कुल कर्जा ३ अर्ब ८९ करोड तथा संचालन नाफा ८ करोड ४ लाख रुपियाँ रहेकोमा विकास बैंकमा स्तरोन्नति पछि करिब एक वर्षको अवधि ०६९ चैत्र समान्तसम्म कुल निक्षेप ५ अर्ब ७५ करोड तथा कुल कर्जा ५ अर्ब २२ करोड पुगेको छ । सोही अवधिको सञ्चालन नाफा ११ करोड ५३ लाख रुपियाँ रहेको छ । समीक्षा अवधिमा संस्थाको निक्षेप रकम ३० प्रतिशतले, कर्जा रकम ३५ प्रतिशत तथा सञ्चालन नाफा ४३ प्रतिशतले वृद्धि भएको छ । हालसम्म संस्थाले विभिन्न जिल्लाका बाइस शाखाबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
हाल सन्ध्याकालीन काउन्टरका साथै ३ सय ६५ दिन नै बैंकिङ सुविधा उपलब्ध गराइँदै आएको यसले इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ सुविधाका साथै १० वटा एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । लगभग देशका अधिकांश विप्रेषण सेवा प्रदायक संस्थासँगको सहकार्यमा विप्रेषण कार्यलाई सहजीकरण गरेको पनि बंैकले जनाएको छ । आगामी दिनहरूमा संस्थालाई अझ बढी सक्षम, सुदृढ र सबल बैंकको रूपमा स्थापित गरिनुका साथै उत्कृष्ट सेवा, सुशासन, सम्पत्तिको गुणस्तर, नेटवर्थ, मुनाफा, बैंकको साख आदिलाई प्राथमिकतामा राखी सोही बमोजिम प्रभावकारी रूपमा सञ्चालन गर्ने दाबी बैंकले गरेको छ ।
प्रतिक्रिया