खोटाङमा राष्ट्रिय कला महोत्सव

काठमाडौं : ‘रसिला छन् खोटाङे जन, प्रकृति छ राम्रो /साहित्य, कला संस्कृति समृद्ध छ हाम्रो’ भन्ने मुख्य नाराका साथ खोटाङमा आउँदो १४–१६ वैशाखसम्म ऐतिहासिक राष्ट्रिय कला सम्मेलन हुने भएको छ । महोत्सवमा खगेन्द्र संगौला, विष्णु प्रभात, बूँद राना, श्रवण मुकारुङ, भूपाल राई, विप्लप ढकाललगायत साहित्यकार मुख्य आकर्षण रहने भएका छन् ।
खोटाङको आन्तरिक पर्यटन प्रवद्र्धन हुने आशयले पनि महोत्सव गरिएको महोत्सव टिमका शान्तिराम राईले बताए । यस बृहत् अभियानलाई सम्पन्न गर्नका निम्ति रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष टंक भट्टराई र खोटाङका तर्फबाट राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङका अध्यक्ष विष्णु आभूषणको संयोजकत्वमा महोत्सव व्यावस्थापन समितिको गठन भएको छ । (सौस)

प्रतिक्रिया