तरकारीको मूल्य घट्यो

झापा : झापामा तरकारीको मूल्य घटेको छ । एक महिनाअघिसम्म छोइनसक्ने महँगो तरकारीको मूल्य अहिले आधाले कम भएको छ ।
झापाको ज्यामिरगढी, दुहागढी, काँकडभिट्टा, धुलाबारी, बाहुनडाँगी, भद्रपुर, बिर्तामोड, दमकलगायत जिल्लाका ग्रामीण क्षेत्रमा तरकारीको उत्पादन बढेसँंगै भाउ सस्तिएको छ । एक महिनाअघिसम्म करेला प्रतिकेजी ४०, भिन्डी प्रतिकेजी ६०, गोलभेँडा प्रतिकेजी ४०, काँक्रो प्रतिकेजी ४०, पर्वल प्रतिकेजी ६०, बोडी प्रतिकेजी ६० रुपियाँ थियो भने हाल क्रमश: प्रतिकेजी करेला २०, भिन्डी २०, गोलभेँडा १०, काँक्रो २०, पर्वल ३० र बोडी ३० रुपियाँमा पाइन थालेको छ ।
जिल्ला कृषि कार्यालय झापाका बाली प्राविधिक शाखाका शालिकराम भट्टराईका अनुसार स्थानीय क्षेत्रमा उत्पादन बढेपछि तरकारीको भाउ सस्तिएको हो ।

प्रतिक्रिया