सरकारी वार्ता टोली र देउवाबीच छलफल

sherbahadur-deuba-ko-gharकाठमाडौं, ११ बैशाख । सरकारी वार्ता टोली र नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाबीच आसन्न संविधान सभा निर्वाचनका बारेमा छलफल भएको छ ।
देउवा निवास बुढानिलकण्ठमा आज भएको छलफलमा संविधान सभाको मिति घोषणाका साथै असन्तुष्ट राजनीतिक दलहरुको मागका बारेमा छलफल भएको बुझिएको छ । सरकारी बार्ता टोलीका संयोजक गृहमन्त्री माधव घिमिरे, सूचना तथा सञ्चार मन्त्री माधव पौडेल र बार्ताटोलीका अर्का सदस्य स्वास्थ्यमन्त्री विद्याधर मल्लिक आज बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । सरकारी वार्ता टोलीले असन्तुष्ट दलका मागका बारेमा बरिष्ठ नेता देउवालाई जानकारी गराएका थिए । नेता देउवाले संविधान सभा निर्वाचनको बिकल्प नरहेको भन्दै आन्दोलनरत दलहरुलाई समेत सहमतीमा ल्याएर चुनावी वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका थिए । देउवाले आसन्न संविधान सभा निर्वाचन सम्पन्न गर्न कांग्रेसले सरकारलाई पुरा सहयोग गर्ने आश्वासन सरकारी वार्ता टोलीलाई दिएका थिए ।

प्रतिक्रिया