“३३ प्रतिशत नघट्ने गरी अध्यादेश सिफारिस”

Nirmala-Sharmaकाठमाडौं : प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले यसअघिको संविधानसभामा जस्तै ३३ प्रतिशत सहभागिता नघट्ने गरी अध्यादेश राष्ट्रपतिकहाँ पठाइएको बताएका छन् ।
सञ्चारिका समूहको आयोजनामा मंगलबार राजधानीमा भएको आगामी संविधानसभामा महिला सहभागिता सुनिश्चिततासम्बन्धी अन्तरक्रियामा उप्रेतीले यस्तो जानकारी दिएका हुन् । उप्रेतीले संविधानसभा चुनावमा सबै वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो पार्टी बढीभन्दा बढी महिला सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका थिए । (सौस)

प्रतिक्रिया