विश्वविद्यालय, सशस्त्र र मध्यपुर रातो विजयी

volleyballभक्तपुर, १० वैशाख । मध्यपुर खेलकुद समूह बोडेले सञ्चालन गरेको राष्ट्रव्यापी प्रथम खुला पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा सशस्त्र प्रहरी गुहेश्वरी गण, विश्व विद्यालय खेलकुद र आयोजक मध्यपुर खेलकुद समूह (रातो) विजयी भएको छ ।

सोमबारको पहिलो खेलमा सशस्त्र प्रहरी गण गुहेश्वरीले मध्यपुर खेलकुद निलोलाई २५—११ र २५—११ को सोझो सेटले पराजित गर्‍यो । सशस्त्र प्रहरीका कृष्णबहादुर थापा म्यान अफ द म्याच घोषित भएका छन् ।
अर्को खेलमा विश्व विद्यालय खेलकुद महासंघले भक्तपुर बहुमुखी क्याम्पसलाई २५—१६, २५—१४ को सोझो सेटले पराजित गर्‍यो । विश्वविद्यालयका रोमन श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए ।
अको खेलमा आयोजक मध्यपुर खेलकुद समूह (रातो) ले चित्रपुर युवा क्लबलाई २५–२१, २५–१६ ले पराजित गर्‍यो । सुनकृष्ण सिपाही म्यान अफ द म्याच घोषित भएका थिए ।
राष्ट्रव्यापी प्रतियोगितामा देशभरका विभिन्न नौ टोलीले भाग लिएका छन् । प्रतियोगितामा मध्यपुर खेलकुद समूह रातो, शंकरदेव क्याम्पस, चित्रपुर युवा क्लब, पद्म उच्च मावि, सशस्त्र प्रहरी गण गुह्येश्वरी, विश्व विद्यालय खेलकुद महासंघ, मध्यपुर खेलकुद समूह निलो, जनप्रेमी उच्च मावि र भक्तपुर बहुमुखी क्याम्पसको सहभागिता रहेको प्रतियोगिताको सहआयोजक बोडे स्पोटर्स क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतीले बताए ।
वैशाख १८सम्म हुने प्रतियोगितामा उपाधि विजेताले २५ हजार, विजयीले १५ हजार र तेस्रो हुने टोलीले ५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया